आफ्नो जीवनका भोगाई, अरुबाट प्राप्त धोकाको कारण व्यक्तिगत जीवनलाई समाजसेवा वा जिल्लालाई विकासको गतिमा डोर्याउने सोचमा म पुगें । कहिले काहीं त्यस्तो सोच अचानक पलाउँदो रहेछ, आफैलाई थाह हुन सारो । प्रेम यो दुई अक्षरको शब्दले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याइदिँदो रहेछ। जुन परिवर्तन अन्त्यमा गएर सकारात्मक, वा नकरात्मक, आशावादी वा निराशावादी दुवै हुन सक्ने रहेछ । आजसम्म संसारमा जति व्यक्ति महान, प्रतिभाशाली र पूर्ण रुपमा सफल भएका छन् । तिनीहरुको जीवन नयाँ पुस्ताको लागि एक अमूल्य आदर्श बन्न पुगेको हुन्छ।
त्यस्को पछाडि कतै न कतै अमुल्य भुमिकाको रुपमा नारीको हात रहेकै हुन्छ । अहिंसाका जनक गौतम बुद्ध, द्वन्द्ववादी भौतिकवादका प्रणेता कार्ल मार्क्स आ आफ्नै कारणले आज दुनियाँमा जीवित रहेका भन्छन् । उनीहरुको पछाडि राम्रो या नराम्रो जे भएपनि नारिको हात रहेकै छ। यो मैले प्रसंग मात्र जोडेको हुँ । मैले जीवनमा गल्ति गरेको हुँला । आफुले गरेका गल्ति आफैं देखिदैन् भन्छन् । गल्ति देखाइदिने काम त तपाईहरुको हो। म मेरो जन्मस्थान, बाल्यकालमा खेलेका पाखा पखेराहरु, ती प्रकृतिका मनोरम दृश्य सम्झन्छु र सुन्दर झर्ना पोकली, मलाई यो युवा अवस्थामा आइसकेर पनि त्यहाँ केही दिन नसकेको जस्तो आत्मग्लानि भएर आउँछ । त्यसैले केहि गर्न सकिएलाकी भनेर यो सानो लेख लेखेको हु । प्रसस्त पैसा कमाएर मात्र मानिस सफल बन्न सक्दैन । सफलता नाप्ने माध्यम पैसा होइन। सफल त्यो मान्छे मात्र हुनसक्छ जस्ले समाजबाट इज्जत पाउन सक्छ । उसले समाजलाई केहि दिएको हुन्छ। धनाढ्य तर घृणित भएर बाँच्नुको सार्थकता छैन। तपाईहरु आफैं बिचार गर्नुस त एउटा स्वस्थ आमा भएर पनि आफ्नो बच्चालाई दुध चुसाउन पर सर्छिन भने उनले आमाको कर्तब्य निर्वाह गरेको ठर्हछ र ? मानिसको जीन्दगी एक नदी हो । समुन्द्रको कोखमा बिलिन नभएसम्म धेरै अप्ठयारा ठाउँहरुबाट बग्दै जानुपर्छ । कहिले हिमाली चिसो खोच् कहिले भत्भती पोल्ने तराई त कहिले निर्जन पहाड भित्रबाट यो मेरो घर परिवार भित्र नौ घटेको घटनाबाट सिजृत वास्तविकताको संगालो हो । जब मेरी आमालाई क्यान्सर भएर जिल्ला बाहिर अर्थात राजधानी लैजानु पर्ने अवस्था आयो गाउको बिकटता, विकासमा पछि परेको अवस्थाले नराम्ररी मनमा चिसो पस्यो । फेरी अस्पतालमा बिरामी आमालाई डाक्टर र नर्सहरुले देखाएको आत्मियताले मेरो मनलाई समाज सेवामा लाग्न प्रेरित गर्यो फलस्वरुप सामाजिक कार्यको लागि सामुहिक प्रयास नै अपरिहार्य देखें, मैले बुझेको ओखलढुंगा र त्यहाँ हामीले गर्न सकिने विकास निर्माणका संभावनाहरुलाई यहाँ उतार्न कोशिस गरेको छु ।
भौगोलिक परिचय
पूर्वाञ्चल विकास क्षत्र अर्न्तगत पर्ने ओखलढुङ्गां कोशी प्रदेशमा पर्छ । पूर्वदेखि पश्चिमतर्फ फूक्दै गएको यो जिल्ला विकासको दृष्टिकोणले धैरै पछाडि परेको छ। उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर र सिन्धुलीसँग ओखलढुगां जिल्ला जोडिएको छ। पूर्वमा खोटांग जिल्लासँग दुधकोशीले र पश्चिममा रामेछापसँग लिखु नदिले छुट्टाएको छ। यो जिल्लाको भू–बनौट नै नेपालका अन्य जिल्लाहरुभन्दा बेग्लै छ । आखलढुङ्गांलाई तीनतिरबाट नदिले घेरेको छ। नेपालका ७५ जिल्ला मध्येबाट क्षेत्रफलको हिसाबले ६८ औं स्थानमा र जनसंख्याको हिसाबले ५९ औं नम्बरमा पर्छ । ओखलढुंगा जिल्ला पृथ्वीनारायणको एकीकरण पछि भीमसेन थापाको प्रशासनिक विभाजन अर्न्तगत नेपाल अधिराज्यलाई ३९ जिल्लामा बाडिएको थियो, जस अर्न्तगत आजका सोलुखुम्बु र खोटाङ जिल्लाका पूर्व ३ नं. ओखलङ्ढुगा जिल्ला अर्न्तगत नै पर्दथिए। यो २०१८ साल अघिसम्म कायम थियो, आज ओखलढुङ्गा जिल्ला भित्र ५६ गाउँ विकास समिति पर्दछन् । ओखलढुङ्गा जिल्लाको कुल क्षेत्रफल १०७४ वर्गकिलोमिटर अर्थात १०५,८६४ हेक्टर छ । यसको भौगोलिक धरातल अक्षांस २७ दशमलदेखि २७ बाइस दशमलवसम्म उत्तरसम्म पर्दछ र, देशान्तर ८६ बत्तीस पूर्वसम्म पर्छ ।
भौगोलिक विभाजन
डाडा काडा भीर पाखा, खोल्साखोल्सि, वनजंगल, टारबेंसी, पाखापखेरा आदी जस्ता धरातलीय स्वरुप भएको यस जिल्लालाई विभिन्न भागमा वर्गिकरण गर्न सकिन्छ। ती यसप्रकार छन ओखलङ्ढुगां समुन्द्रि सतहदेखि ३९० देखि ३६७२ मिटरसम्म पर्ने हुनाले तल्लो क्षेत्रलाई वेशी मानिन्छ। जिल्लाको ठूलो क्षेत्रफलको १६१ वर्ग कि मि अर्थात छ प्रतिशत भूभाग यो क्षेत्रले ओगटेकोछ। खोलाछेउका नदी क्षेत्र र उच्चाइ कमका ठाउहरु यो क्षेत्रमा पर्छन। यो क्षेत्रमा बसोवास गर्ने जन्ताको मुख्य पेशा कृषि हो। फलफुल्र तरकारी, पशुपालन र माछापालन स्थानीय वासिन्दाका नगद रकम खैचने भरपर्दा उपायहरु हुन् ।
मध्य पहाडी क्षेत्र यस क्षेत्रले जिल्लाको ६९८ वर्ग कि । मी । भूभाग अर्थात ६५ प्रतिशत भूभाग क्षेत्रफल ओगेटेकोछ । रुम्जाटार यसै क्षेत्रमा पर्छ । धान, मैदा, गहुँ, कोदो, फापर, तोरी तरकारी र पशुपालन यस क्षेत्रका वसिन्दाले गर्छन् ।
लेकाली क्षेत्रका कुल क्षेत्रफलको २० प्रतिशत अर्थात २१५ वर्ग कि । मी । ओगटछ लेकाली क्षत्रले। यहा पातलो वस्ती छ । जनताले मकै, उवा, आलु, जौ, गहुँ, स्याउ खेती र भेडा च्याग्रा तथा चौरी पालन गर्छन् ।
भौगोलिक विभाजनको सही सदुपयोग स्थानीय नागरिकहरुलाई राजनीतिक दलहरुले सही ज्ञान र सिप दिन सकेको खण्डमा ओखलढुङ्गांको विकासमा कायापलट फेरिन लामो समय लाग्दैन। औल अर्थात, समुन्द्र सतहदेखि कम उच्चाइ क्षत्रमा गर्न सकिने कामहरु धेरै छन् । यस क्षत्रका गाविसले विपन्न परिवारको उपभोक्ता समिति बनाई उन्नत जातका माछापालन, खसी(बोका पालन,, पशुपंछी पालन आदी गराउन सकिन्छ । त्यस्तै मध्य पहाडी क्षेत्रमा अहिले गरिएको अतिरिक्त पशुपंछी पालन गराउन गारो छैन किनभने जिल्लाभरीमा २३० सामुदायिक वन १४ वटा कवुलियत वन र एउटा निजि वन छन् । यस हिसावमा चरन क्षेत्रको समस्या जिल्लामा छैन्। यस्ता वन क्षेत्रमा अनेकौं प्रकारका जडिबुटीहरुको खेति गर्न सकिन्छ । यो जनताको निम्ति लगानी विनाको आम्दानी र स्थानीय सरकारको निम्ति शुद्द आम्दानी बन्न सक्ने पक्का छ । लेकाली क्षेत्रको सम्भाव्यता त कति हुन्छ कति । अहिले स्याउ खेती भए पनि वजार छैन भनेर चिन्ता लिनु पर्ने देखिदैन । स्याउलाई भट्टीमा सेकाएर सुकुटी बनाउन सकिन्छ, चौरीको दुधबाट छुर्पी बनाउन सकिन्छ । सम्बन्धित क्षेत्रबाट अध्यान गराएर लेकाली वनमन अलौची खेति गर्न सकिन्छ। यस कामको लागि भने गाविस र जिल्ला विकास समितिको सहयोग अनिर्वाय चाहिन्छ।
क्रमशः