सन् २०१४ मा मेकअप प्रोफेसन शुरू गरेकी मेकअप आर्टिस्ट निजन राई चर्चित सेलिब्रिटीहरूको पहिलो रोजाईमा पर्ने मेकअप आर्टिस्ट हुन् । सन् २०२४ सम्म आइपुग्दा उनको मेकअपको यात्रा झनै उकालो लागेको छ । उनलाई रियालिटी शोको मेकअप गर्न भ्याईनभ्याई भइरहेको छ ।

नेपालको ठूलो रियालिटी शोहरूमा निजन नै पहिलो च्वाइसमा पर्छिन् । आफु व्यस्त भएको बेलामा उनले आफूसँगै काम गर्ने अन्य मेकअप आर्टिस्ट लाई पनि काममा पठाउने गर्छिन् ।
अहिलेका चर्चित सेलिब्रिटीहरू इन्दिरा जोशी , कालीप्रसाद बाँस्कोटा, रिमा विश्वकर्मा, अभया सुब्बा आदि लाई उनले नै मेकअप गर्दै आइरहेकी छिन् । उनको कामलाई मनपराएर नै सेलिब्रिटीहरूको पहिलो च्वाइस बनेकी छिन् निजन ।

उनले ‘बुगी बुगी नेपाल’ सिजन १, भ्वाइस अफ नेपाल सिजन १, नेपाल लोक स्टार , नेपाल आइडल सिजन २ , नेपाल आइडल सिजन ३, आदि नेपालको चर्चित रियालिटी शोमा मेकअप आर्टिस्टको रूपमा काम गरी आफुलाई स्थापित गरिसकेकी छिन् । भर्खरै मात्र नेपाल आइडल सिजन ५ मेकअप आर्टिस्टको रूपमा निजन आबद्ध थिइन् । उनले मदनकृष्ण ज्ञेष्ठ, हररिवंश आचार्य, दिप श्रेष्ठ , सुनील थापा जस्ता धेरै सिनियर कलाकारको पनि मेकअप गरेकी छिन् ।

रियालिटि शो बाहेक निजनले धेरै म्युजिक भिडियो , फोटोशुट एवं टिभीसीहरूमा पनि मेकउप आर्टिस्टको रूपमा काम गरिसकेकी छिन् र उनको यो निन्तरता जारी छ । क्रियटिभ मेकअपमा उनी अब्बल भएकोले नै धेरै फोटोशुटहरूमा उनको धेरै डिमाण्ड रहेको छ। नेपालका धेरै चर्चित सेलिब्रिटीहरूलाई सुन्दर बनाइसकेकी निजन भन्छिन्, ‘मलाई अब बलिवुड एव हलिवुड सेलिब्रिटीहरूको मेकअप गर्ने चाहाना छ । मेरो मेहनत र काम प्रतिको लगनशीलता र भाग्यले साथ दिए मा त्यो चाहना पनि पुराहुन्छ भन्नेमा आशावादी छु उनी भन्छिन् ।
