श्रृजनालाई ब्यूटिसियन नेपालको उपाधि

राम्रो अनलाइन     ०२ जेठ २०८१, बुधबार
श्रृजनालाई ब्यूटिसियन नेपालको उपाधि


काठमाडौं–नेपालका सौन्दर्यकर्मीहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्यूटिसियन नेपाल’ को दशौँ संस्करणको उपाधि श्रृजना गुरुङले जितेकी छिन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा हिताकुमारी मैनालीले फस्ट रनर्सअप तथा पुष्पा राईले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भए ।
 
हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको प्रारम्भमा प्रतिस्पर्धिहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि ब्राइडल थिममा प्रतियोगीहरु दुलहीको भेषमा प्रस्तुत भएका थिए । यो सिक्वेन्सबाट रोशनी लामाले बेष्ट ब्राईडलको उपाधि जितिन् । प्रतियोगितामा रोशनी लामाले बेष्ट नेल आर्ट, सबिना ब्लोनले बेष्ट जुरो, पुष्पा राईले बेष्ट मिडिया मेकअपको उपाधि जितिन् ।

कार्यक्रममा मोस्ट स्मार्टको उपाधि बिभा राई, मोष्ट एक्टिभको उपाधि पासाङ ल्हामु शेर्पा, मोष्ट डिलिजेन्टको उपाधि सृष्टी सुनार, मोष्ट कन्फिडेन्टको उपाधि श्रृजना गुरुङ, मोष्ट डिलाईटफुलको उपाधि स्मृति गुरुङ, बेष्ट स्किनको उपाधि उषा साउद, बेष्ट फोटोजेनिकको उपाधि सबिना दुतराज, मोष्ट ग्रेसफुलको उपाधि हिता कुमारी मैनाली, मोष्ट प्यासोनेटको उपाधि रेविका बिके, मोष्ट ईलिगेन्टको उपाधि जुना भण्डारी, मोष्ट पपुलर मल्टिमिडियाको उपाधि जुना भण्डारीले जितन सफल भए ।

प्रतियोगिताको निर्णयकमा सजना खतिवडा, लक्ष्मी भुसाल, रोजी श्रेष्ठ, सुष्मा अधिकारी तथा मनिष राउत रहेका थिए ।

प्रतिक्रिया