सेलिब्रिटीहरूको पहिलो रोजाइमा पर्छिन् मेकअप आर्टिस्ट बिमला 

जयन सुब्बा मानन्धर     २३ फागुन २०८०, बुधबार
सेलिब्रिटीहरूको पहिलो रोजाइमा पर्छिन् मेकअप आर्टिस्ट बिमला 

 

काठमाडौँ–नुवाकोटको शिवपुरी– २ छापमा २०५४ सालमा जन्मिएकी बिमला तामाङ पछिल्लो समयकी चर्चित मेकअप आर्टिस्ट हुन् । प्रायः सबै  कलाकारको रोजाइमा पर्ने बिमला काममा पर्फेक्ट सँगै  मृदुभाषी पनि छिन् । बिमलाले काठमाडौं को शिवपुरी कलेज महाराजगञ्जबाट प्लस टु सम्मको अध्यन गरेकी छिन् । उनले २०७२ देखि नेपाली फिल्ममा काम गर्न थालेको बताउँछिन । नेपाली चलचित्र ‘गाजलु’ र ‘संरक्षण’ मा मेकअप आर्टिस्ट सरोज बुढाथोकीको सहयोगी मेकअप आर्टिस्टको रुपमा काम गरेकी थिइन् । साहित्यकार झमक कुमारी घिमिरेको  जीवनीमा आधारित चलचित्र जीवन ‘काडा कि फुल’ उनले आफ्नो प्रतिभा देखाउने अवसर पाएकी थिइन् । उनले भाग्य, षड्कोण चलचित्र र करिब दुई हजार भन्दा बढी म्युजिक भिडियो,विज्ञापन,फोटो सुटमा आफ्नो  मेकअप कला देखाइ सकेकी छिन् ।   उनले काम गरेका प्रकाश सपुतको कुरा बुझ्नु पर्छ,पिर , सकम्बरी ,मुटु कटक्कै ,जालेरुमाल फाट्यो हेमन्त शर्माको निरजाले हरि बंश आचार्यको काउली , ए केटा मादलु पड्का लागाएतका ५० भन्दा बढी गीतले १० मिलियन भ्युज पाइसकेका छन् । 

यति धेरै गीत संगीत करोड क्लबमा पर्दा समेत उनले कुनै अवार्ड पाएकी थिइनन् ।  तर भर्खरै सम्पन्न रारा नेशनल म्युजिक अवार्डमा भने उनले पहिलो अवार्ड प्राप्त गरिन् । उनी आफुले पाउने कामलाई नै अवार्ड मान्ने गर्छिन यद्यपि अवार्डले काम गर्न अझ हौसला प्रदान गर्ने उनको बुझाइ छ । मेकअप आर्टिस्ट पेसाबाट हुने आम्दानी सन्तोषजनक रहेको उनी बताउँछिन् । 

प्रतिक्रिया