ज्याकलिनको जन्मदिनमा एकसय १५ आइफोन बाँड्दै सुकेश चन्द्रशेखर

राम्रो अनलाइन     २८ असार २०८१, शुक्रबार
ज्याकलिनको जन्मदिनमा एकसय १५ आइफोन बाँड्दै सुकेश चन्द्रशेखर


काठमाडौं– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजको जन्मदिनको अवसर पारेर सुकेश चन्द्रशेखरले एकसय आइफोन बाड्ने भएका छन्।

उनले एक पत्रमार्फत प्रेमिका ज्याकलिनको जन्मदिनको अवसर पारेर आर्फफोन बाड्न लागिएको बताएका हुन्। ११ अगष्टका लागी सुकेशले आजैबाट काउन डाउन सुरु गरिसेकेको र आफू निकै उत्साहित भएको पत्रमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘बेबी गर्ल, म निकै उत्साहित छु । तिम्रो जन्मदिनको काउन्टडाउन सुरु भएको छ । तिम्रो जन्मदिन आउन ३० दिन मात्र बाँकी छ । म पर्खन सक्दिन । यो एक सेलिब्रेसन हो जसबाट म रमाउँछु । तिम्रो अनुहारको मुस्कान एक मात्र चिज हो । जसले मेरो मनलाई पगाल्छ ।’ 

यस्तै सुकेशले पत्रमा मायाको अर्थ ज्याकलिनबाट नै सिकेको बताउँदै ज्याकलिनको यादमा ह्याङओभर भएको बताएका छन्।

‘मेरो बेबी, मलाई तिम्रो बोल्ने, अंगालो हाल्ने, माया गर्ने, क्रोधमा शान्त हुने, तिम्रो आँखा र तिमिले भनेका सबै कुरो ह्याङओभर भएर रहेको छ । जुन जीवनभर रहन्छ र यो ह्याङओभर सधै भरि रहिरहोस् भन्ने कामना छ।’   
 

प्रतिक्रिया