युवालाई कृषिमा आकर्षित गर्न अति आवश्यक छ। समूह–समूहमा सहकारीकरण गरेर खेती गर्नुपर्छ। कृषिमा प्रविधिको प्रयोग गरियो भने उत्पादन बढाउन सकिन्छ। त्यसैले अब कृषिलाई यान्त्रीकरण गर्नुपर्छ। यसरी देश खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छ।
इतिहास हेर्ने हो भने दोस्रो विश्वयुद्धपछि संसारमा खाद्य संकट देखापरेको थियो। अनिकाल, भोकमरीजस्ता समस्याले समस्त संसारलाई आफ्नो चपेटामा पारेका थिए। ‘हंग्री माइन्ड इज नो पिसफुल माइन्ड’ भनेभैmँभोको मान्छे कहिल्यै शान्त बस्न सक्दैन। त्यसैले सबैको नजर खाद्यान्न उत्पादनतर्फगयो। फलस्वरूप सन् १९६० मा अन्तर्राष्ट्रिय धान बाली संस्था इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युट (आईआरआरआई)को स्थापना भयो। यस संस्थाले पहिलो धानबाली आईआर–८निकालेको थियो। त्यसलाई ‘मिराकल राइस’ पनि भनिन्छ। भियतनाममा त्यसलाई ‘होन्डा राइस’ भन्छन्।
त्यसै समयमा आएको शब्द हो, हरित क्रान्ति। यो शब्दसन् १९६० को मध्य दशकमा आएको हो। हरित क्रान्तिले चार वटा कुरालाई जोड दिन्छ। उन्नत बीउ, रासायनिक मल, सिँचाइ र विषादी। हरित क्रान्ति आएपछि संसारमा त्यसका फाइदा–बेफाइदा दुवै देखिए।हरित क्रान्तिअघि संसारको खाद्य उत्पादन ६ सय ३१ मिलियन टन प्रतिवर्ष थियो। तर, अहिले २७ सय मिलियन टनभन्दा बढी छ। पाँच गुना उत्पादन वृद्धि भएको छ।हरित क्रान्तिले रासायनिक मल मात्र भन्यो। यसले हाम्रो परम्परागत मललाई बेवास्ता गरिदियो। त्यस्तै, बीउमा पनि उन्नत बीउ भन्यो।यसले रैथाने बीउलाई उपेक्षा ग¥यो। त्यसकारण संसारमा हरित क्रान्ति दिगो भएन। अहिले सदाबहार हरित क्रान्तिको कुरा उठिरहेको छ।
सदाबहार हरित क्रान्ति
सदाबहार हरित क्रान्तिले रैथाने बीउ राम्रो छ भने त्यसलाई पनि लिऊँभन्छ। मान्छेको दुई वटा ‘स्कुल अफ थट’ हुन्छन्। एउटा आदर्श छाँट्ने र अर्को व्यावहारिक। एक थरी मान्छे खाली विकासे खेती गर्नेभन्छन्। अर्को थरी, परम्परागत खेतीमा जोड दिन्छन्। मेरो विचारमा यी दुवै ठीक होइनन्। विकासे मात्रै पनि नगर्ने र परम्परागतमै मात्र पनि जोड नदिने। दुवैलाई मिलाएर लैजाने। उदाहरणका लागि, मध्य पहाडमा खुमलटार भन्ने धान निकै प्रचलित छ। यसलाई पोखरेली मसिनो र आईआर–२८ लाई ‘फ्युजन’गरेर निकालिएको हो।
रासायनिक मलको कुरा गर्ने हो भने एक हेक्टरमा एक सय किलो नाइट्रोजन हाल्नुपर्छ भन्ने मान्यता छ। तर, ५० प्रतिशत मात्र रासायनिक मल र ५० प्रतिशत धैँचा भन्ने हरियो मल दिएर खेती गर्न सकिन्छ। उत्पादनमा कुनै फरक आउँदैन। यसो गदौ माटोको स्वास्थ्यसँग त्यति खेलबाड हुँदैन। त्यस्तै, रैथाने गाई र विकासे साँढेलाई मिलाएर कृत्रिम गर्भाधान गराई गाई जन्माउन सकिन्छ, जसले धेरै दूध दिन्छ। कतिपयले ‘आजदेखि रासायनिक मल हालेको केही पनि नखाने’ भन्छन्। म के भन्छु भने मल हटाउने हैन, हटाउँदै लैजाने हो।
आउँदै छ खाद्य संकट
आजभन्दा ४० वर्षअगाडि तराईको मुख्य छठाउँमा खाद्यवस्तु निर्यात कम्पनी थिए। उनीहरूले विदेशमा खाद्यान्न निर्यात गर्थे। तर, अहिले प्रत्येक महिना दुई अर्ब रुपैयाँभन्दा बढीको आयात हुन्छ। यसमा पनि ९० प्रतिशतभन्दा बढी आयात भारतबाट मात्रै हुन्छ। दोस्रो विश्व युद्धपछि एकै पटक सन् २००७÷८ तिर विश्वमा खाद्य संकट आएको थियो। त्यस समयमा भारतले बासमती र मोटो चामल निर्यात गथ्र्यो। त्यो खाद्य संकटलाई मध्यनजर गर्दै उसले मोटो धान, चामल रगहुँको निर्यातमा रोक लगायोे। भारतले मात्र होइन, देशमा खाद्य संकट आयो भने कुनै पनि देशले त्यो नीति लिन्छ। खाद्य संकट नजिकिँदै छ। नेपाल खाद्यान्नमा आत्मनिर्भर छैन।
संसारभरि कोरोना फैलिएको छ। सबै देशले आफ्ना लागि खाद्यान्न जुटाइरहेका छन्। यस्तो भएपछि कतैबाट सहयोग आउँदैन। भारतले आफ्नो देशको ८० करोड जनतालाई तीन वर्षसम्म निःशुल्क खाद्यान्न दिने नीति ल्याएको छ। अब यस्तो भयो भने भारतबाट खाद्यान्न नेपाल आउँदैन। त्यसपछि समस्या सुरु हुन्छ।
संसारमा उत्पादन हुने धानको ५० प्रतिशत आधा चीन र भारतमा मात्र उत्पादन हुन्छ। चीन एक नम्बरमा पर्छ भने भारत दुई नम्बरमा। यी देशले निर्यात गर्न छाडेपछि नेपालमा मात्र होइन, यसको असर विश्वभर नै पर्छ।
खाद्यान्न र आर्थिक वृद्धिदर
धानको उत्पादन बढ्यो भने आर्थिक वृद्धिदर माथि आउँछ। तर, उत्पादन घट्यो भने आर्थिक वृद्धिदर पनि घट्छ। आर्थिक वर्ष २०७५÷७६ मा धानको रेकर्ड उत्पादन भएको थियो। ५७ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। तर, २०७६÷७७ मा घटेर ५५ लाख ५० हजार उत्पादन भएको छ। त्यस समयमा अर्थिक वृद्धिदर छ प्रतिशतभन्दा बढी थियो। तर, अहिले घटेर २.२७प्रतिशत भएको छ। धानले देशको आर्थिक स्थितिलाई नै उथलपुथल पार्छ। यदि धान उत्पादन १० प्रतिशतले बढ्छ भने आर्थिक वृद्धिदर एक प्रतिशतले बढेको तथ्यांकले देखाउँछन्।
नेपालको यथार्थ
नेपाललाई तीन वर्षमा खाद्यान्न आत्मनिर्भर बनाउने भनिएको छ। यो अन्तिम वर्ष हो। यसको अर्थ अहिले पनि आत्मनिर्भर हुन सकेन। १० वर्षमा नेपाललाई अग्र्यानिक देश बनाउने भनिएको छ।विडम्बना, रासायनिक मल प्रयोग गर्दा त खाद्यान्न पुगेको छैन। अग्र्यानिक देश बनाएर खाद्य सुरक्षा हुन्छ होला त ? संसारमा कुन देश रहेछ, जसले अग्र्यानिक हुँदा खाद्य असुरक्षाबाट पार पाएको छ ? त्यसकारण हामी व्यावहारिक हुन आवश्यक छ।
विदेशिएका युवा फर्किंदा
नेपाललाई प्रतिवर्ष ६५ लाख टन खाद्यान्न आवश्यक पर्छ। रेकर्ड धान उत्पादन हुँदा पनि झण्डै १० लाख टन खाद्यान्न पुगेको थिएन। अब नेपालमा बस्दै आएको जनसंख्यालाई त खाद्यान्न पुगेको छैन भने विदेशबाट नेपाली फर्किंदा खाद्यान्न पुग्ने सम्भावना छँदै छैन। अहिले विदेशमा ६०÷७० लाख नेपाली छन्। त्यसमध्ये १० प्रतिशत मात्र फर्किए भने पनि अप्ठ्यारो हुनेछ।
तर, यसको सकारात्मक पाटो पनि छ। युवा विदेशिँदा गाउँघरमा बूढाबूढी मात्र थिए। उनीहरूले खेतीबाली लगाउन नसकेर खेतबारी बाँझै थिए। अब तिनै विदेशिएका युवा फर्किंदा देशमा जनशक्ति बढ्नेछ। उनीहरूलाई कृषिमा आकर्षित गरेर उत्पादन बढाउन सकिन्छ।
उत्पादनमा विज्ञको भूमिका
किसानलाई के आवश्यक छ भनेर सोध्ने हो भने मल, बीउ, सस्तो दरमा क्रण पाइएन भन्छन्। तर, विज्ञ पाइएन कहिल्यै भन्दैनन्। कृषि उत्पादनमा विज्ञको निकै ठूलो भूमिका हुन्छ। विज्ञले कसरी खेती गर्ने, बीउ छनोट कसरी गर्ने, उत्पादन कसरी गर्नेआदिबारे राम्रो तालिम दिन सक्छन्। उनीहरूसँग त्यसको निकै राम्रो अनुभव हुन्छ। नेपालमा विज्ञ धेरै छैनन्। त्यसैले पहिला कृषि विभागका प्राविधिक अधिकृतहरूलाई तालिम दिनुपर्छ। उनीहरूले तल्लो तहका प्राविधिकलाई तालिम दिन्छन्। प्राविधिकले किसानलाई तालिम दिन्छन्।
आम्दानी बढाउने उपाय
सरकारले दुईतीन वर्षदेखि धानलाई ‘फोकस’ गरेर कार्यक्रम ल्याएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भन्ने ल्याएको छ। नेपालमा साना किसान छन्। सरकारले अनुदान बाँड्छ, तर चलाखले मात्र पाउँछन्। वास्तविक साना किसानले अनुदान पाउँदैनन्। थोरै जग्गा भएका किसानको धान प्रमुख बाली हो। तर, उनीहरूले कसरी आम्दानी गर्ने, त्यसमा पनि विचार पु¥याउनुपर्छ। धान, मकै, गहुँ खाद्य सुरक्षाका लागि महŒवपूर्ण खाद्यान्न हुन्।तर, आम्दानी अन्य कृषि व्यवसायबाट पनि गर्न सकिन्छ। जस्तै, पहाडमा रेन्बो ट्राउट माछाको व्यापार। यो बग्दै गरेको ताजा पानीमा पाइने माछा हो। यसको मूल्य निकै उच्च छ। अर्काे, बेमौसमी तरकारी। प्लास्टिकको टनेल हालेर अहिले धेरैले गोलभेँडा खेती गर्न थालेका छन्। यो आम्दानीको महŒवपूर्ण स्रोत हो। फलफूलतर्फ पनि किवी, एभोकाडो,ड्र्यागन फ्रुटलगायत फलफूलको उत्पादन व्यावसायिक रूपमा गर्न सकिन्छ। पशुपालनतिर पनि ध्यान दिन सकिन्छ। डेरी, पोल्ट्री फार्म आदिले राम्रो व्यापार गर्दै आएका छन्।
कोरोना संकटको कारण स्वदेश फर्केका युवालाईकृषिमा आकर्षित गरेर तालिम दिनु अति आवश्यक छ। तालिमका लागि नेपालमा विज्ञहरूको संख्या कम छ। त्यसका लागि कृषि प्राविधिक, एनजीओ, आईएनजीओका स्वयंसेवीलाई तालिम दिन सकिन्छ। समूह–समूहमा सहकारीकरण गरेर खेती गर्नुपर्छ। कृषिमा प्रविधिको प्रयोग गरियो भने उत्पादनलाई झनै बढाउन सकिन्छ। त्यसैले अब कृषिलाई यान्त्रीकरण गर्नुपर्छ। यसरी देश खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छ।