हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

राम्रो अनलाइन     २० चैत २०७७, शुक्रबार
हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ योजना सार्वजनिक गरेको छ ।  
योजनाअन्तर्गत हुन्डाईका कुनै पनि गाडी खरिदमा ग्राहकले आकर्षक छुट तथा विशेष सुविधा प्राप्त गर्न सक्नेछन् । हरेक खरिदमा ग्राहकले नगद छुट, स्क्र्याच कार्डमार्फत २०,००० देखि ७८,००० रुपैयाँसम्मको अतिरिक्त छुट, १५,००० बराबरको लोयल्टी बोनस, १,००,००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा पाउनेछन् ।
 हुन्डाईले आफ्ना सम्पूर्ण गाडीमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षे वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ । हाल कम्पनीले नेपालभर १३ वटा सोरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
 

प्रतिक्रिया