इलाम–२ मा सुहाङलाई १००० मतको अग्रता  

राम्रो अनलाइन     १६ वैशाख २०८१, आइतबार
इलाम–२ मा सुहाङलाई १००० मतको अग्रता  


इलाम–इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १००० पुर्‍याएका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी भने धेरै कम मतका साथ चौथो स्थानमा छ ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् र उनले ७८४ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।

प्रतिक्रिया