तस्बिरमा हेर्नुहोस्  ‘आइइसी डिजाइनर रनवे’ 

रुकेश श्रेष्ठ     १८ चैत २०८०, आइतबार
तस्बिरमा हेर्नुहोस्  ‘आइइसी डिजाइनर रनवे’ 


काठमाडौँ–फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालको संयोजनमा १३ औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो शनिबार सम्पन्न भएको छ । आयोजित शोमा जेन दीपिका गारेट, प्रियंका कार्की, नीति शाह, अस्मी श्रेष्ठ, मलिना जोशी, प्रियंकारानी जोशी, समर्पणजंग कार्कीले र्‍याम्पवाक गरे ।

शो स्टपरको रुपमा उनीहरु आगामी सिजनको कलेक्सनसहित र्‍याम्पमा प्रस्तुत भएका हुन् । भारत रुस, सर्विया लगायत मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको सहभागिता थियो । २६ मोडलले नयाँ र आकर्षक डिजाइन प्रस्तुत गरेका थिए ।

यतिन नरेन्द्र गान्धीको कोरियोग्राफीमा शो आयोजना भएको थियो । शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थी डिजाइनरले तयार पारेका फरक पहिरनलाई १५ सिक्वेलमा मोडलले र्‍याम्पमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया