कथाकार परशु प्रधानको निधन

राम्रो अनलाइन     ०६ चैत २०८०, मङ्गलबार
कथाकार परशु प्रधानको निधन


काठमाडौँ–कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए।  परशु प्रधान बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीकका बुबासमेत हुन् । प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका  ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।

परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।

प्रतिक्रिया