राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

राम्रो अनलाइन     ०३ चैत २०८०, शनिबार
राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना


महोत्तरी–राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन आज महोत्तरी आइपुग्नुभएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् ।
    
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराए । उनले  मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए। 

यसअघि राष्ट्रपति पौडेलले आज बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया