बाबा हुने योग्यता के हो ?

योगी विकासानन्द     ०३ माघ २०७७, शनिबार

आफूले विश्वास गरेका बाबाको कर्तुतबारे मान्छेले पत्याउँदैनन् र फेरि तिनलाई पछ्याउन थाल्छन्। यस्तै खाले मानसिकताका कारण नेपालीहरू काण्डवाला बाबाका पछि लागिरहन्छन्। सही–गलत छुट्याउनै सक्दैनन्।


एउटा मान्छे कति बेला सिद्ध कहलिन्छ र यसको अर्थ के हो रु उसलाई कुन तत्त्वले सिद्ध साबित गर्छ रु धर्म र अध्यात्मको नाममा उनीहरूले किन यौन अपराध, ठगीलगायत कर्म गर्छन् रु अर्को कुरा, हाम्रो समाज सिद्ध भनिने र अपराधमा मुछिएका बाबा÷धर्मगुरुलाई किन पछ्याइरहन्छन् रु यी सबै मानव मनोविज्ञानसँग जोडिएका कुरा हुन्। मानव मनोविज्ञानमा जानुअघि हामीले मेडिटेसन अर्थात् ध्यानबारे जान्नैपर्ने हुन्छ। किनकि, अपराधमा मुछिने सबै बाबा साधक हुन्। उनीहरूले अरूको ध्यानाकर्षण गराउँछन्। 

पुनर्जीवित ध्यान

खास गरी, अध्यात्मका धेरै धार हुन्छन्। अध्यात्मको एउटा धार हो, मेडिटेसन। जुन हजारौँ वर्ष पहिलेदेखि नै प्रचलनमा आएको थियो। विगतमा एउटा विशिष्ट वर्गले मात्र ध्यान गथ्र्यो। घर, लोभ, मायामोहलगायत सबै कुरा त्याग्न सक्ने साधुसन्तले मात्र यसको अभ्यास गर्थे। आजभन्दा ३०/४० वर्षअघिकै कुरा गर्ने हो भने केही मानिसले मात्र ध्यान गर्थे। प्राचीनकालमा गरिने अभ्यासको बीचमा कमी देखिए पनि पछिल्लो समय धेरैले ध्यान गर्न थालेका छन्। स्वस्थ र खुशी बनाउँछ, सिर्जनशील बनाउँछ, तनाव घटाउँछलगायत विश्वासले यस अभ्यासको आकर्षण विश्वव्यापी रूपमा बढ्दै गएको छ। साथै, यसका मूल्य–मान्यता पनि थपिँदै गएका छन्। हाम्रो पुस्तासम्म आइपुग्दा ध्यान पुनर्जीवित भएको छ।

विचार, मनोविज्ञान, तनावलाई व्यस्थापन गर्ने साधनका रूपमा भिन्न तरिकाले यसको अभ्यास गर्न थालिएको छ। यसरी व्यापक बनेको र पुनर्जीवित हिसाबले भित्रिएको यो मेडिटेसन निकै नौलो विषय बन्न पुग्यो। तर, परम्पराका हिसाबले हजाराँै वर्ष पुरानो ध्यान खासमा के हो त रु यसको गहिराइ के हो रु भन्ने कुरा धेरैलाई थाहा भएन। किनकि, पुनर्जीवित भएर आएको नौलो कुरा मान्छेलाई स्वाभाविक रूपमा थाहा हुँदैन।

यसर्थ, मान्छेले यहाँनिर बुझ्नुपर्ने दुइटा कुरा छन्, एउटा माइक्रो लेभल अर्थात् गुदी÷गहिराइ, अर्को म्याक्रो लेभल अर्थात् सतही। आँखाले बोक्रा मात्र देख्छ, गुदी देख्दैन। साधनाको सवालमा पनि एउटा बोक्रे दृष्टि हुन्छ भने अर्को हुन्छ गुदी दृष्टि। व्यापकताको हिसाबले यो नौलो विषय भएकाले साधनाका बारेमा मान्छेलाई बोक्रा मात्र थाहा छ। ‘साधना कोबाट सिक्ने÷नसिक्ने रु’, ‘साधनाका वास्तविक गुरु को हुन्/को होइनन् रु यसको अधिकारी को हो रु’ उनीहरूलाई थाहा छैन। किनकि, यो विषय भनेको स्कुलले सीमित अवधिपछि सर्टिफिकेट÷अधिकार दिने विषय होइन। र, ‘को साँचो गुरु हो र कुन चाँहि झुटो हो रु’ त्यसको क्षमता र योग्यता जाँच्ने मापदण्ड नै नभएपछि मान्छे अवश्य अन्योलमा पर्छ। यस कारण हामीले साधनाका बारेमा जति पनि कुरा सुन्छौँ, चर्चा सुन्छौँ र अभ्यास गर्छौं, ती सबै बोक्रे कुरा हुन्। जस्तो, सुन्तला किन्दा बोक्रासहितको सुन्तला किन्छाैँ र बोक्रा फालिदिन्छौँ। गुदी फालेर बोक्रा मात्र खाँदा बिरामी परिन्छ। र, साधनाको पनि गुदी र बोक्रा हुन्छ। अहिलेको परिस्थितिमा मान्छेले बोक्रा किनेको छ, बोक्रा छामेको छ, बोक्रा खाएको छ, बोक्रामै रमाएको छ र त्यो बोक्राले बिरामी पारिदिएको छ। साधनाको मुख्य समस्या भनेकै यही बोक्रे दृष्टिकोण हो। यसको बोक्रे दृष्टिकोण र गुदी दृष्टिकोण के हो रु भन्ने जान्नका लागि सुरुमा यसका चार वटा चरणबारे बुझ्न आवश्यक हुन्छ। 

मेडिटेसनका चार चरण

साधनाको पहिलो अवस्था अर्थात् धारणा, दोस्रो अवस्था ध्यान, तेस्रो अवस्था समाधि (सविकल्प र निर्विकल्प ) र चौथो अवस्था पश्यन्ति भाव हो।

साधनाको पहिलो अवस्थामा व्यक्ति ध्यानमा बस्छ र आफ्नो शरीरभित्रको सम्पूर्ण क्रिया र चञ्चल मनलाई केन्द्रीकरण गर्छ। स्मरणशक्ति बढाउने, एकाग्र मन, श्वासप्रश्वास, रक्तचाप नियन्त्रण लगायतका लागि मान्छेले यस अवस्थाको अभ्यास गर्छन्। जसले व्यक्तिका समस्यामा धेरथोर राम्रो काम गर्छ। ध्यानको दोस्रो अवस्थामा व्यक्तिको विचार र मनलाई नियन्त्रण गर्छ। अधिकांशले मेडिटेसनको दोस्रो अवस्थालाई नै साधनाका रूपमा बुझ्छन्। यो अलिक ‘एड्भान्स्ड लेभल’ पनि हो।

‘स्टेट अफ माइन्ड’ नियन्त्रित हुने भएकाले यसमा व्यापक रूपमा परिवर्तन देखापर्छ। यस चरणमा बसिसकेपछि व्यक्तिको मनमा आनन्द नै आनन्द र शान्ति नै शान्ति आउँछ। जुन समस्याको लागि दोस्रो लेभलको अभ्यास गर्न थालेको हो, त्यसको फल छिटो प्राप्ति हुन्छ। पहिलो र दोस्रो लेभलले साधकलाई एकदमै ‘हिल’ गर्छ। विभिन्न किसिमका शारीरिक तथा मानसिक वा दुवै किसिमका रोगीका लागि यो विधि उपयोगी मानिन्छ। जुन वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ। त्यस्तै, समस्या र पीडामा रहेको अवस्थामा मानिस साधना सिकाउने गुरुको खोजीमा निस्कन्छ÷शरणमा पुग्छ। केही समयको ध्यानले व्यक्तिको समस्यामा पनि कमी÷परिवर्तन आउन थाल्छ। यसमा लागेका साधक कुलतमा लागेका हुँदैनन्, व्यवस्थित खानपान गर्छन् र चरित्रका हिसाबले पनि सही देखिन्छन्। मोटामोटी रूपमा भन्दा सामान्य रूपले बुझ्ने साधना भनेको यही लेभलसम्म मात्र हो। तर, यसलाई अझै गहिरिएर हेर्दा यो पहिलो र दोस्रो लेभल निकै जटिल पनि छ। यसमा रहुञ्जेल व्यक्ति स्वस्थ, राम्रो, खुशी, ऊर्जावान् हुन्छ। चरित्रका हिसाबले पनि राम्रो हुन्छ। तर, यो अभ्यास छोडिसकेपछि भने पुनः उही अवस्थामा फर्किन्छ। समस्याको मुख्य जरा भनेको यहीँनिर छ। 

यसले साधकको धेरै कुरा बदलिदिन्छ। तर, मूल स्वभाव भने बदलिँदैन। जस्तैः कुनै साधकको मूल स्वभाव रिसाउनु छ भने साधना गरुञ्जेल त्यो रिस दबाउने, लुकाउने क्षमता हुन्छ। तर, त्यो रिस पूर्णतया सकिएको÷मरेको हुँदैन। त्यस्तै, अर्को कुरा यो लेभलमा काम, क्रोध, लोभ, मोहलगायत मनको मूल स्वभाव जुन छ, त्यसैको शिकार हुन्छन्, गुरु र बाबा। मन र मस्तिष्कका सम्पूर्ण विकार यो चरणमा पुगेपछि आफूभित्रै दबिन्छन् तर सकिँदैनन्। अझ सामान्य मान्छेले त यो विकार दबाउन पनि सक्दैनन्, बाहिर निस्किहाल्छन्। साधकले भने यी कुरा दबाउन सक्छन्।

सामान्य मान्छेलाई झुक्याउनका लागि यो लेभल निकै काफी हुन्छ। किनकि, बाहिरी रूपमा साधक स्वस्थ देखिन्छ, अरूभन्दा शान्त र शक्तिशाली भइसकेको हुन्छ। अरूको मुहारमा भन्दा उसको मुहारमा बढी चमक आइसकेको हुन्छ। साधनामार्फत आफ्ना विकार नियन्त्रण गर्न सफल व्यक्तिलाई सामान्य मान्छेले गुरु मानिदिन्छन्। विभिन्न नाम दिएर महापुरुष बनाइदिन्छन्। किनकि, सामान्य मान्छेसँग गुरुसँग हुने चिज हुँदैन। आफूसँग नभएको चिज मान्छे अरूसँग खोज्न जान्छ। त्यही मान्छेलाई गुरु बनाइदिन्छ। यतिञ्जेल ‘गुरु’ गुरु रहँदैन, ऊ ‘महागुरु’, ‘सिद्धपुरुष’, ‘सिद्धबाबा’, ‘महापुरुष’ लगायत धेरै रूपमा परिणत भइसकेको हुन्छ। उसलाई सामान्य मान्छेले भगवान् नै बनाइदिसकेको हुन्छ। महागुरुका शिष्य पनि धेरै बनिसकेका हुन्छन्। यहाँनिर आइपुग्दासम्म पनि महागुरुको मूल रूपमा भने परिवर्तन भएको हँुदैन।

गुरुकहाँ आउने साधकको पनि स्वभाव परिवर्तन भएको हुँदैन। र, ती सामान्य मान्छेका अघि गुरुले आफ्नो मूल स्वभाव न सहजै प्रस्तुत गर्न सक्छ, न त आफूभित्र लुकेको अहंकार नियन्त्रण नै गर्न सक्छ। त्यो सारा अहंकारले नै गुरुको ‘गेम प्ले’ गर्न थाल्छ। ‘मसँग सबैथोक छ, म ठूलो छु, महान् छु, मभन्दा शक्तिशाली अरू कोही छैन’ लगायत कुरा गुरुले देखाउन थाल्छ। शिष्य र भक्तजनले आफूलाई मानेकै छन् भन्ने शक्तिको अहंकार गुरुमा झनै बढ्दै जान्छ। भक्तले आफ्ना गुरुका सबल गुण मात्र देख्छन्, गुरुलाई फलो गर्छन्, आँखा चिम्लेर विश्वास गर्छन्। भक्तजनले महापुरुषको अहंकारबारे तब थाहा पाउँछन्, जब ती महापुरुष दुर्घटना र अपराधका आरोपमा पर्छन्। दुर्घटना नहुञ्जेल या विवादमा नआउञ्जेल साँचो गुरु हो कि झुटो भन्ने थाहा हुँदैन। पहिला–पहिला आशाराम, राम रहिम, रामपाल, स्वामी सदाचारीलगायत भारतीय बाबा मात्र विवादमा थिए। सिद्धबाबा, रामबहादुर बम्जनलगायत नेपालमा पनि बाबाका वास्तविक कर्तुतहरू बाहिरिँदै गएका छन्। लोभ र लोकप्रियताका कारण यी बाबा दोस्रो लेभलदेखि तेस्रो र चौथो लेभलसम्म पुग्दैनन्। उनीहरूलाई आफ्ना वास्तविक कर्तुतबारे भने थाहा हुन्छ। तर, उनीहरू भक्तलाई सजिलै भ्रममा पारिदिन्छन्। 

तर, ध्यानका बाँकी दुई चरण पनि छन्। तेस्रो चरणमा मन र बुद्धिको कुरा आउँछ। यसमा धेरै साधकको कायापलट हुन्छ। यस चरणमा आइपुग्दा साधकमा तार्किक क्षमता, शालीनता, बुद्धि र चेतनाका कुरा देखापर्छन्। यहाँ मनका पनि चार वटा चरण हुन्छन्– बैखरी, मध्यमा, पश्यन्ति र परा। हामीले आफ्ना विचार, बुद्धि, तर्क र गणित प्रयोग गर्ने गर्छौं, त्यो बैखरी चरण हो। जहाँ हामी मनको सतहमा मात्र बोल्छौँ। यसको दोस्रो चरण अर्थात् मध्यमामा काम, क्रोध, डर, लोभ, मोह, आवेग, संवेगलगायत भावना आउँछ। यसमा भावना शक्तिशाली हुन्छन्। सकारात्मक होस् या नकारात्मक, जुनसुकै भावनामा बगेको बेला बुद्धि फेल खान्छ। हाम्रो समाजमा भावना, विचार र बुद्धि छुट्याउन नसक्ने पनि धेरै छन्। जसको कारण सही गलत नछुट्याई अर्काका पछि लाग्छन्। तेस्रो चरणमा पश्यन्ति पर्छ। यो भनेको दृष्टिकोण र साक्षीभाव हो। यसमा आफूले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुराको बोध हुन्छ। यसमा भावनाभन्दा बढी बुद्धि चल्छ। बुद्धिले साधकलाई बोध गराउँछ र चेतनशील बनाउँछ। परा चरणमा पुगेपछि गुरुज्ञानले भरिपूर्ण हुन्छ। उसको दिमाग ‘सुपरकन्सस’ हुन्छ। साधकमा बोध र ज्ञानको भाव जागेपछि अपराधको भाव आउँदैन। त्यसैले गुरु बन्नलाई साधकले ध्यानका चार वटै चरण पार गर्न सक्नुपर्छ। यदि साधक ध्यान बीचमै छोडेर लोभ र भोकको पछि कुद्यो भने दुर्घटना निम्तिन्छ। 

काण्डकारी बाबा

हाम्रो समाजमा जति पनि महापुरुष, गुरु र बाबा छन्, ती सबै दोस्रो चरणसम्म पुगेका साधक मात्र हुन्। उनीहरू सच्चा गुरु बनिसकेका छैनन्। उनीहरूको न त आफ्नो कुनै दर्शन छ, न कुनै सिद्धान्त। रामायण, गीता, महाभारतकै कुरा दोहोर्‍याएर उनीहरू महापुराण भनिरहेका हुन्छन्। गुरु बनेर उनीहरूले सामान्य मान्छेलाई भ्रममा पारेका हुन्छन्। ती बाबालाई होश नै हुँदैन। उनीहरूले आफ्नो क्षमताभन्दा ठूलो भ्रम पार्ने काम गरिदिन्छन्। एकातिर आफू शक्तिशाली हो भन्ने भ्रम हुन्छ भने अर्कातिर सामान्य मान्छेलाई भ्रममा पारिदिने काममा संलग्न हुन्छन्। ‘गल्ती हजाराैँ हुन्छन् यहाँ होश हराएको बेला’ भनेझैँ बाबाहरू मादकतामा रहेको बेला यहाँ जे पनि भइदिन्छ। दुर्घटना निम्तिन्छ। आफूले विश्वास गरेका बाबाको कर्तुतबारे मान्छेले पत्याउँदैनन् र फेरि तिनलाई पछ्याउन थाल्छन्। यस्तै खाले मानसिकताका कारण नेपालीहरू काण्डवाला बाबाका पछि लागिरहन्छन्। सही–गलत छुट्याउनै सक्दैनन्। जसले गर्दा ठूलो समस्या निम्तिन्छ। 

अर्को कुरा, सोझासाझा जनताबाहेक यस समाजमा बुद्धिजीवी र शक्तिमा भएका मानिस पनि छन्। उनीहरूले जस्तोसुकै काण्ड मच्चाएका बाबालाई सेल्टर दिनु र उनका पछि लाग्नुको एउटै कारण हो, स्वार्थ। आर्थिक, आध्यात्मिक, राजनीतिक संरक्षण दिएपछि बाबा पनि खुशी र बाबाका भक्त पनि खुशी पार्न सकिन्छ भन्ने धारणा ती व्यक्तिमा हुन्छ। बाबाको पछाडि लागेको ठूलो भीडको फाइदा उठाउन हाम्रा देशका राजनीति एवं ठूलो ओहोदामा भएका व्यक्तिले काण्डकारी बाबालाई सेल्टर दिन थाल्छन्। 

प्रतिक्रिया