४९ लाख कित्ता आईपीओ जारी गर्दै कालंगा हाइड्रोपावर

राम्रो अनलाइन     २४ माघ २०८०, बुधबार
४९ लाख कित्ता आईपीओ जारी गर्दै कालंगा हाइड्रोपावर

काठमाडौँ– कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ४९ करोड रुपैयाँबराबरको १०० रुपैंया अंकितदरका ४९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कुल कित्तामध्ये ३४ लाख ९० हजार कित्ता साधारण शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ । यससम्बन्धी सम्झौता बिहीबार जयोति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच भएको छ । त्यस्तै, १४ लाख १० हजार कित्ता साधारण शेयरको प्रत्याभूति लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको छ । 

प्रतिक्रिया