कालिन्चोक हाइड्रोपावरको आईपीओ बिक्री खुला

राम्रो अनलाइन     २२ चैत २०८२, आइतबार
कालिन्चोक हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं– कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आइतबार (चैत २२) देखि बिक्री खुला भएको छ । 

६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख ८४ हजार ७५० कित्ता सेयरको बिक्री खुलाएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम १० हजार कित्ता भर्न सकिनेछ । यो कम्पनीको आईपीओमा चैत २५ गतेसम्म आवेदन दिन पाइनेछ । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये पहिलो चरणमा पाँच लाख ५० हजार कित्ता आयोजना प्रभावित र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

अहिले दोस्रो चरणमा ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष १६ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । र, बाँकी सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

प्रतिक्रिया