लगानीकर्ताले गुमाए तीन खर्ब, बजार १६८ अंकले घट्यो

राम्रो अनलाइन     २० चैत २०८२, शुक्रबार
लगानीकर्ताले गुमाए तीन खर्ब, बजार १६८ अंकले घट्यो

काठमाडौं – नयाँ सरकार गठनपछि पुँजी बजार झनै अस्थिर देखिएको छ । चैत १३ मा देशको ४३औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन)ले शपथ लिए । सोही दिन मन्त्रिपरिषद् गठनरविस्तार भयो । डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बने । दुईतिहाइनजिकको ‘स्थिर’ सरकार बन्दा पनि लगानीकर्ताले सरकारलाई पत्याएनन् । फलतः बजार नयाँ सरकार गठनको एक सातामै १६८ अंकले घट्यो ।

अर्थमन्त्री वाग्लेले शपथ लिँदा बजार बन्द ९शुक्रबार० थियो । त्यसको अघिल्लो दिन ९चैत १२० नेप्से परिसूचक २९५०.१६ अंक थियो । साताको अन्तिम कारोबार दिन बिहीबार (चैत १९) घटेर २७८२.१८ मा बन्द भयो । अर्थात् सातामै १६७.९८ अंकले बजार घट्यो । 

आइतबार (चैत १५) मा बजार ७१.०५ अंकले घट्यो । सो दिन नेप्से २८७९.११ विन्दु कायम भयो । यस्तै, सोमबार पनि बजारमा ४७.७१ अंकको गिरावट आयो । उक्त दिन नेप्से २८३१.३९ विन्दुमा अडियो । त्यसपछि, मंगलबार १९.७० अंकले बढ्दा २८५१.०९ कायम भयो । बुधबार फेरि ह्वात्तै ७४.७३ अंकले घटेर परिसूचक २७७६.३६ विन्दुमा झर्‍यो । र, साताको अन्तिम कारोबार दिन बिहीबार (चैत १९) मा ५.८२ अंकले बढ्यो । सो दिन नेप्से २७८२.१८ विन्दुमा बन्द भयो ।

लगानीकर्ताको गुम्यो तीन खर्ब

यो हप्ता लगानीकर्ताले करिब तीन खर्ब रुपैयाँ बजारमा गुमाएका छन् । गत शुक्रबार ५० अर्बभन्दा बढी रहेको बजार पुँजीकरण हिजो (चैत १९) मा ४७ खर्ब ३० अर्बमा सीमित भएको छ । यो भनेको दुई खर्ब ७९ अर्ब रुपैयाँ कम हो । अर्थात् लगानीकर्ताले बजारबाट यो रकम गुमाए । 

आइतबार बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन) ४८ खर्ब ९४ अर्ब थियो । सोमबार घटेर ४८ खर्ब १३ अर्बमा झर्‍यो । मंगलबार भने बढेर ४८ खर्ब ४७ अर्ब कायम भयो । बुधबार ४७ खर्ब २० अर्ब रहेको बजार पुँजीकरण बिहीबार ४७ खर्ब ३० अर्ब कायम भएको नेप्सेको तथ्यांक छ ।
 

प्रतिक्रिया