विविधता नेपालको परिचय र सम्पत्ति हो : मन्त्री गुरुङ (भिडियो) 

राम्रो अनलाइन     १५ पुस २०८०, आइतबार


काठमाडौँ–सहरी विकास मन्त्री सीता गुरुङले बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुधार्मिक विविधता नेपालको परिचय र सम्पत्ति भएको बताएकी छिन्। आज टुँडिखेलमा आयोजित तमू ल्होसार महोत्सव २०८०का अवसरमा उनले नेपालका हरेक जातजातीको आ–आफनो पहिचान र परम्परा तथा साँस्कृतिक मूल्यमान्यता रहेको बताइन्।

मन्त्री गुरुङले भनिन्, ‘पुर्खाले सदियौँदेखि जोगाएर राखेको धार्मिक, साँस्कृतिक सम्पदा र संस्कृतिलाई संरक्षण एवम् सम्बद्र्धन गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । हामी सवैले त्यसलाई जोगाउन सक्नुपर्छ ।’

प्रतिक्रिया