अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा

राम्रो अनलाइन     ०९ असार २०८२, सोमबार
अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा

काठमाडाैं– अभिनेता अनमोल केसीसहित चलचित्र  ‘फर्की फर्की’को टिमविरुद्ध मुद्दा दायर भएको छ।  उनीहरूविरुद्ध कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जिल्ला अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेका हुन्। 

श्रेष्ठले  दायर रिटमा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्लाटफर्मबाट मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएकाले कार्वाहीको माग गरिएको छ।

यसले आफूलाई मानसिक तथा शारीरिक रुपमा हानिनोक्सानी भएको भन्दै उनले उचित क्षतिपूर्तिको समेत माग दाबी गरिएको छ।  

प्रतिक्रिया