काठमाडौं – चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा आयात र निर्यातमा करिब १५र१५ प्रतिशत वृद्धि भएको हो ।
सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा आयात १४.८२ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
त्यसैगरी निर्याततर्फ पनि सकारात्मक सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । निर्यातमा १४।२५ प्रतिशतको वृद्धि भएको तथ्यांकले देखाएको छ ।
आयातको तुलनामा निर्यात वृद्धि भए पनि व्यापार घाटा भने अझै उच्च रहेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको व्यापार घाटा १४ खर्ब ४४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । कुल वैदेशिक व्यापारमा १४।७५ प्रतिशतको वृद्धि देखिएको छ ।
तथ्यांकअनुसार आयात–निर्यात अनुपात पनि सामान्य रूपमा बढेको छ । अघिल्लो वर्ष ६।७७ रहेको आयात–निर्यात अनुपात चालु आर्थिक वर्षमा बढेर ६.७९ पुगेको छ । कुल व्यापारमा निर्यातको हिस्सा १२.८८ प्रतिशतबाट घटेर १२.८२ प्रतिशतमा झरेको छ, भने आयातको हिस्सा ८७.१२ प्रतिशतबाट बढेर ८७.१७ प्रतिशत पुगेको छ।