विरगंजमा लम्बियो कर्फ्यु, सेना परिचालन

राम्रो अनलाइन     ३१ चैत २०८१, आइतबार

विरगंज– विरगंजमा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त भएपछि हिजोदेखि लगाइएको कर्फ्युको समय थप गरिएको छ।

शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) को समय बढाएको छ जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

हिजो साँझ साढे ६ बजेदेखि आज मध्याह्न १२ बजेसम्मका लागि जारी कर्फ्युको समय आज राती १२ बजेसम्मका लागि थप गरिएको छ। कर्फ्युको समयमा पनि झडप नरोकिएपछि स्थिति सामान्य बनाउन र शान्ति सुव्यवस्था कायम गराउन भन्दै सेना समेत परिचालन गरिएको छ।

प्रतिक्रिया