विपिन कार्कीको अभिनित म्युजिक भिडियो ‘परदेशी आयो’ गत आईतबार सार्वजनिक भएको हो । प्रकाश सापकोटाको शब्द, सुवास भुसालको संगीत, उदयराज पौडेलको संगीत संयोजन, केतन क्षेत्रीको स्वर रहेको यस गीतको भिडियोमा विपिनको मन छुने अभिनय छ । भिडियोमा पैसा कमाउन विदेश गएको युवाको कथा देखाईएको छ ।
देवेन्द्र नेपालको निर्देशन रहेको भिडियोमा विपिनका अलावा कविता न्यौपाने, सुरवीर पण्डित, शर्मीला शर्मा, देवेन्द्र नेपाल लगायतको अभिनय छ । दिपेश उपाध्याय र दिप्सन डंगोलको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । यस भिडियोको भ्यूज भने निकै कम छ ।