स्वीमसुट राउण्डमा यस्ता देखिए ‘मोडल हन्ट नेपाल २०२६’ का प्रतियोगीहरू (तस्बिरहरू)

राम्रो अनलाइन     १० साउन २०८३, आइतबार
स्वीमसुट राउण्डमा यस्ता देखिए ‘मोडल हन्ट नेपाल २०२६’ का प्रतियोगीहरू (तस्बिरहरू)

काठमाडौँ– ‘मोडल हन्ट नेपाल २०२६’ को फाइनलका लागि छनोट भएका ४२ प्रतियोगीहरू स्वीमसुट राउण्डमा प्रस्तुत भएका छन् । स्वीमसुट राउण्डमा उनीहरू निकै बोल्ड र हट देखिएका छन् । 

प्रतियोगिताको छनोट चरणको विभिन्न अडिसनबाट २६ महिला र १६ पुरुष गरेर ४२ प्रतियोगी छानिएका हुन्। 

नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिताको यो १० औँ सिजन हो। यो सिजनको मुख्य प्रयोजक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

छानिएका प्रतियोगीहरू एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा लाग्नेछन्। प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटो सुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइएको छ । 

प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ।  

प्रतिक्रिया