‘विकास र समृद्धिको अभियान निर्वाध बढाउँछौं ’

राम्रो अनलाइन     ०३ वैशाख २०७८, शुक्रबार
‘विकास र समृद्धिको अभियान निर्वाध बढाउँछौं ’

कर्णाली, ३ वैशाख : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पूरा गर्ने अभियानमा निर्वाध लागिपर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रदेश सरकारले तय गरेको विकास र समृद्धिको यात्रा निरन्तर अघि बढाइने बताए । 

“हामीले पाँच वर्षका लागि सरकारको नेतृत्व पाएका छौँ”, उनले भने, “जनअपेक्षा अनुरुप निर्माण भएको सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ ।” मुख्यमन्त्री शाहीले बदलिएको राजनीतिक समीकरणका कारण संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएको र त्यो आजको प्रदेशसभाको बैठकबाट अपेक्षाकृत ढङ्गबाट प्राप्त बताए । 

माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका छ र नेकपा (एमाले) का चार प्रदेशसभा सदस्य गरी २२ जनाले मुख्यमन्त्री शाहीले प्रस्ताव गरेको विश्वासको मतका पक्षमा मतदान गरेका थिए । प्रस्तावित विश्वासको मतको विपक्षमा भने १५ जनाले मतदान गरेका थिए । प्रदेशसभाबाट अनपेक्षित परिणाम आएपछि पार्टीलाई धोका दिने प्रदेशसभा सदस्यलाई आवश्यक कारवाही गर्ने नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले निर्णय गरेको जनाइएको छ । 
 

प्रतिक्रिया