दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहीबार राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्दै गुल्मी इस्मा गाउँपालिकाका उपप्रमुख पर्वती कुँवर ।

कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० स्थित मतदान केन्द्रमा बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्दै प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की ।
राष्ट्रियसभा सदस्यका लागि बिहीबार गरिएको निर्वाचनमा हेटौँडास्थित भुटनदेवी विद्यालयमा मतदान गर्दै बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ।

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलनकेन्द्रमा बिहीबार राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्दै लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री राजु खनाल ।



