तपाईं दिनभरि कुर्सीमा बसिरहनुहुन्छ? लाग्न सक्छन् यी राेग

राम्रो अनलाइन     २८ फागुन २०७७, शुक्रबार
तपाईं दिनभरि कुर्सीमा बसिरहनुहुन्छ? लाग्न सक्छन् यी राेग

घण्टौँसम्म एउटै ठाउँमा दिनभरि बसिरहनु हानिकारक हो । यसरी बसिरहँदा वजन  बढ्छ र स्वास्थ्यसम्बन्धी विभिन्न समस्या पनि देखापर्छन् । विशेष गरी अफिसमा डेस्कमा काम गर्नेहरूमा समस्या देखिन्छ ।

मनोरोग र चिन्ता

दिनभरि कुर्सीमा बसेर काम गर्नेहरूलाई मनोरोग हुन सक्ने र चिन्ताको जोखिम रहन्छ । एउटै ठाउँमा बसेर काम गर्नुको साटो दिनभर हिँडडुल गरेर काम गर्ने मानिस बढी खुशी रहन्छ ।

ढाड र घाँटी दुखाइ

कुर्सीमा बसेर कम्प्युटरका अगाडि घण्टौँसम्म काम गर्दा घाँटी र ढाड दुख्ने समस्या निम्तिन सक्छ ।

कमजोर हड्डी

बस्ने तरिका सही हुनका लागि धेरै एक्सरसाइज गर्नुपर्दैन । उभिँदा अथवा हिँड्दा मात्र पनि पुराना बोन टिस्यूको ठाउँ नयाँ बोन टिस्यूले लिन्छन् । लामो समय बसिरहँदा यो प्रक्रिया हुन पाउँदैन । जसले गर्दा हड्डी कमजोर हुन थाल्छ । हड्डीसम्बन्धी समस्या देखिन सक्छ ।

मधुमेह र मुटुको समस्या

लामो समय कुर्सीमा बसिरहँदा मधुमेह र मुटुसम्बन्धी समस्या देखिन सक्छ ।

प्रतिक्रिया