थप १०३ जनामा कोरोना संक्रमण

राम्रो अनलाइन     ०७ वैशाख २०८०, बिहिबार
थप १०३ जनामा कोरोना संक्रमण

 

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५  नमूनामध्‍य४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्। यस्तै कोरोना संक्रमणबाट आज मात्र ६१ जना निको भएर घर फर्किएका छन् । संक्रमण बढेसँगै  स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया