कम वजन भएकालाई ‘तौल कसरी बढाउने होला ?’ भन्ने कुराले सताउँछ। कार्बोहाइड्रेटको मात्रा बढी भएका फलफूल खाएर वजन बढाउन सकिन्छ।
केरा
दूध र केरा सँगै खाँदा तौल छिट्टै बढ्छ। दूधमा प्रशस्त प्रोटिन हुन्छ र केरामा चिनीको मात्रा बढी हुन्छ। जसले वजन बढाउँछ।
भुइँकटहर
भुइँकटहरमा एन्टी–अक्सिडेन्ट पाइन्छ। जसले शरीरलाई कतिपय रोगबाट रक्षा गर्छ। साथै, यसले वजन बढाउन पनि मद्दत गर्छ। यसमा प्रशस्त मात्रामा क्यालोरी हुन्छ।
नरिवल
नरिवल यस्तो फल हो, जसमा प्रोटिनसँगै क्यालोरी पनि धेरै मात्रामा पाइन्छ। दुब्ला–पातला मान्छेका लागि नरिवल वजन बढाउन लाभदायी फल हो।
बयर
बयर खाँदा शरीर र दिमाग बलिया हुन्छन्। हड्डी र कपालको जरालाई पनि बयरले बलियो बनाउने काम गर्छ। बयर खाँदा भोक बढी लाग्छ। खाना बढी खाँदा स्वाभाविक रूपले वजन बढ्छ।