स्वीमसुटमा बोल्ड देखिइन् अन्शुला श्रेष्ठ

राम्रो अनलाइन     २१ माघ २०८१, सोमबार
स्वीमसुटमा बोल्ड देखिइन् अन्शुला श्रेष्ठ

 

 

झापा दमककी अन्शुला श्रेष्ठ प्लस टुमा अध्ययनरत छिन् । १८ वर्षिया अन्शुलाको रुची अभिनयमा छ । ‘मोडल हन्टको बारेमा सुन्दै आएको थिएँ, उनी भन्छिन्, यसमा भाग लिने इच्छा थियो । त्यही भएर प्रतियोगीका रूपमा भाग लिएको हुँ ।’ उनलाई मोडलिङका लागि हाइटले पनि साथ दिएको छ । उनी टल छिन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो । मोडल हन्ट प्रतियोगिताका क्रममा स्वीमसुट राउण्डमा अन्शुला बोल्ड देखिएकी थिइन् । 

‘सबैले तिम्रो हिँडाई केटाको जस्तो छ भन्नु हुन्थ्यो । नयाँ मानिसहरूसँग बोल्न डराउँथे, उनी भन्छिन्, ‘यो प्रतियोगितामा भाग लिएर ग्रुमिङ क्लास लिएपछि वाकमा निकै सुधार आएको छ । कन्फिडेन्ट बढेको छ ।’ उनी अहिले साथीहरूसँग घुलमिल गर्न सक्ने भएकी छिन् । 

‘मेरो हाइट अन्तर्राष्ट्रिय स्तरका मोडलहरूको जस्तै छ । म कन्फिडेन्टका साथ आफूलाई प्रस्तुत गर्न सक्छु, उनी भन्छिन्, ‘यदि मैले मोडल हन्ट जितेँ भने म नेपालमै करिअर अघि बढाउँछु । म जस्तै मोडलिङमा रुची भएकाहरूलाई अगाडि बढाउन मद्दत गर्छु ।’ 

ट्रेनिङका क्रममा ढलेको क्षणलाई उनी प्रतियोगिताको क्रममा भएको चुनौतीपूर्ण कार्य मान्छिन् । ‘म अलि वीक छु, उनले भनिन्, ‘ट्रेनिङका क्रममा म झुक्किएर लड्न पुगेको थिएँ ।’ 

अन्शुला ममीलाई आफ्नो रोलमोडल मान्छिन् । ‘मेरो ममी सिंगल मदर हो । म यहाँसम्म पुग्नुमा उहाँको भूमिका अतुलनीय छ, उनी भन्छिन्, ‘सुरुदेखि नै ममीले मलाई हौशला दिइरहनु भएको छ ।’ 

यसअघि उनले ब्युटी प्याजेन्टमा भाग लिएकी थिइन् । यो प्रतियोगितामा भाग लिएपछि  र्‍याम्प वाक, विभिन्न फिजिकल टास्क, सोसल मिडिया ह्याण्डलदेखि थुप्रै नयाँ विषयमा ज्ञान हासिल गरेको उनले बताइन् । आयोजक संस्था नेक्स्ट मोडल निकै प्राफेसनल रहेको बताइन् ।

प्रतिक्रिया