सुनको मूल्य वृद्धि

राम्रो अनलाइन     ०६ वैशाख २०८३, आइतबार
सुनको मूल्य वृद्धि

काठमाडौँ– नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

यो अघिल्लो (शुक्रबार) कारोबारको तुलनामा १ हजार २०० रुपैयाँको वृद्धि हो। यसअघि शुक्रबार सुन तोलामा २ लाख ९९ हजार ८०० रुपैयाँ थियो । 

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया