मूल्य बढाउँदा पनि निगम अझै घाटामा : पाक्षिक सात अर्ब ८१ करोड नोक्सानी

राम्रो अनलाइन     ०३ वैशाख २०८३, बिहिबार
मूल्य बढाउँदा पनि निगम अझै घाटामा : पाक्षिक सात अर्ब ८१ करोड नोक्सानी

काठमाडौं –  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार (वैशाख ३) गते बिहानदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । 

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रूपैयाँले बढाएको हो । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ पनि मूल्यवृद्धि गरिएको जनाएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

मूल्य बढेसँगै डिजेलरमट्टीतेल प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ । निगमले गएको चैत ३० गते पनि पेट्रोल, डिजेलरमट्टीतेलको मूल्य बढाएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । 

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँबराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया