कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगकाे उत्पादन बन्द

राम्रो अनलाइन     ०३ वैशाख २०८३, बिहिबार
कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगकाे उत्पादन बन्द

मकवानपुर – हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज (वैशाख ३) बिहानदेखि उत्पादन बन्द गरेको छ । 

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालनमा ल्याइएको थियो । उद्योगले तीन हजार मेट्रिकटन कोइला खरिदका निम्ति बोलपत्र आह्वान गरिसकेको छ ।  

करिब दुई हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेन्ट उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठले बताए । कोइलाको परीक्षण नतिजाअनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए । 

प्रतिक्रिया