सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी

राम्रो अनलाइन     ११ माघ २०८०, बिहिबार
सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी

धनगढी – राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका हुन्।

खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसका नारायण दत्त मिश्र विजयी भए । उनले प्रदेश सभा सदस्यबाट ५२ मत खसेकोमा ३९ मत प्राप्त गरे। यस्तै स्थानीय तहतर्फ १७५ मत खसेकोमा उनले १०४ मत पाए । उनको मतभार प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८७२ छ।

महिलातर्फ सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी) की मदनकुमारी शाह (गरिमा) निर्वाचित भएकी छन्। शाहले ३८६४ मतभार ल्याएकी हुन् ।

दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन्। पार्कीले प्रदेश सभा सदस्यका तर्फबाट ५२ मत खसेकोमा ३९ मत पाए भने यस्तै स्थानीय तहतर्फ १७५ मत खसेकोमा १०५ मत ल्याए। उनको मतभार प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८९० रहेको छ।

प्रतिक्रिया