स्थगित भएको निर्वाचन सुनिपीपलमा कडा सुरक्षाबीच मतदान

राम्रो अनलाइन     ०१ जेठ २०७९, आइतबार
स्थगित भएको निर्वाचन सुनिपीपलमा कडा सुरक्षाबीच मतदान


बझाङ–बझाङको जयपृथ्वी नगरपालिका–७ को सुनिपीपल चौर माविमा आज कडा सुरक्षाबीच मतदान भइरहेको छ । शुक्रबार उक्त मतदानस्थलमा नेकपा (एमाले) र सत्ता गठबन्धनबीच विवाद सिर्जना भएपछि स्थगित भएको थियो । 

आज नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाबीच उक्त मतदान भएको हो । (क) र (ख) मतदान केन्द्र रहेको उक्त मतदानस्थलमा एक हजार ९०६ मतदाता रहे पनि ४ बजेसम्म भने एक हजार १७७ मत खसेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । 

शुक्रबार दिउँसोपख मतदानस्थलमा नेकपा (एमाले) र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि आज सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उक्त मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी गरी करिब ३०० जना खटाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
 

प्रतिक्रिया