काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख स्रोत नखुलेको नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । दाङ तुलसीपुरबाट काठमार्डौँ आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशल पक्राउ परेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद भएपछि कसको हो भनेर प्रहरीले सोधपुज गरेको थियो ।
सोधपुछ गर्दा रकम तथा सामान कौशलको रहेको खुलेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले रकमको स्रोत खुलाउन नसकेकाले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिए ।