सरकारद्वारा संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस

राम्रो अनलाइन     ०६ वैशाख २०७८, सोमबार
सरकारद्वारा संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस

काठमाडौँ । सरकारले संसदको हिउँदे अधिवेशन आजैदेखि अन्त्य गर्न सिफारिस गरेको छ । बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ताले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने र बोलाउने प्रचलन छ।

फागुन २३ देखि हिउँदे अधिवेशन सुरू भए पनि सरकारले विजनेश नदिंदा प्रभावकारी ढंगले संसद अगाडि बढ्न सकेको थिएन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। तर सर्वोच्चले फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। 

प्रधानमन्त्री ओलीले एमसिसी संसदमा छलफलका लागि पेश गरिनुपर्ने बताइरहेका बेला अधिवेशन नै अन्त्य गर्न सिफारिस गरिएको छ।

प्रतिनिधि सभा बैठक मंगलबार बोलाइएको थियो।

प्रतिक्रिया