सरकार कति लोकप्रिय छ चुनाव भएको दिन थाहा हुन्छ : कांग्रेस

राम्रो अनलाइन     १७ जेठ २०७८, सोमबार
सरकार कति लोकप्रिय छ चुनाव भएको दिन थाहा हुन्छ : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताएको छ ।

सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको  बताएको हो ।

बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छायाँ अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘यो सरकार अलोकप्रियताको सबभन्दा गहिरो बिन्दुमा छ । त्यसैले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन ।’

अघि भने, ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता कोरोनाको कहरमा छन्, अर्थतन्त्र अझ बिग्रिने खतरा छ ।’ सरकारको लोकप्रियता कति छ भनेर उसले जानेको होला भन्दै उनले नजानेको भए चुनाव भएको दिन थाहा हुने बताए ।

प्रतिक्रिया