संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्न : मुख्यमन्त्री लामा

राम्रो अनलाइन     १३ साउन २०८२, मङ्गलबार
संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्न : मुख्यमन्त्री लामा

हेटौँडा–नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताएका छन्।

सञ्चारमाध्यमहरूलाई आज प्रतिक्रिया दिँदै उनले सरकार र संसदीय दल फरक भएकाले संसदीय दलमा विश्वास गुमे पनि सरकारबाट भने राजीनामा नदिने स्पष्ट पारे। उनले गठबन्धन दलहरूको पनि समर्थन रहेकाले राजीनामा नदिने बताए।

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताए। 

संसदीय दलका सचिव कृष्ण तामाङले गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 

उनका अनुसार उनीहरूले नयाँ संसदीय दलको नेताको रूपमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँलाई अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो ।

प्रतिक्रिया