काठमाडौं– यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनायो। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।
_1730384828.jpg)
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको छ। कुकुरलाई यमदूतका रुपमा मानिन्छ।
_1730384868.jpg)
यसै अवसरमा ललितपुरको भैँसेपाटीस्थित स्नेहाज केयरमा रहेका कुकुरहरुको पूजा गरिएको छ। सडकमा छाडिएका कुकुरहरुको संरक्षण गर्दै आएको स्नेहाज केयरले कुकुर पूजाको आयोजना गरेको हो। त्यहाँ रहेका कुकुरलाई फूलमाला, टीका तथा रङ लगाएर पूजा गर्नुका साथै मीठो खानेकुरा खुवाइएको थियो। कार्यक्रम महिला उद्यमी महासंघकी अध्यक्ष एवं नेपाल रिपब्लिक मिडियाकी सञ्चालक शोभा ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
_1730384908.jpg)
_1730384941.jpg)
_1730385038.jpg)
_1730385153.jpg)
_1730385246.jpg)
_1730385313.jpg)
_1730385385.jpg)
_1730385459.jpg)
_1730385546.jpg)
_1730385618.jpg)
_1730385691.jpg)