सलिमको संघर्ष

एजेन्सी     ०२ फागुन २०७७, आइतबार
सलिमको संघर्ष

बलिउडका चर्चित लेखक हुन्, सलिम खान। उनले ‘पत्थर के फूल’, ‘जुर्म’, ‘जंजीर’ लगायत थुप्रै फिल्मका पटकथा लेखेका छन्। उनले जाबेद अख्तरसँग बहुचर्चित फिल्म ‘सोले’को सहलेखन गरेका थिए।

‘तीसरी मंजिल’, ‘दीवाना’, ‘सरहदी लुटेरा’ लगायत फिल्ममा अभिनय पनि गरेका छन्। उनी बलिउडका ‘दबंग’ सलमान खानका बुबा हुन्।

सलिमले दुई पटक बिहे गरे। पहिलो सुशीला चरकसँग। बिहेपछि सुशीलाको नाम सलमा खान राखियो। सलिम र सलमाका तीन छोरा सलमान, अरबाज, सोहेल र एक छोरी अलवीरा खान जन्मिए।

पछि सलिमले ‘डान्सिङ क्विन’ हेलेनलाई मन पराउन थाले। हेलेनको पूरा नाम, हेलेन रिचर्डसन थियो। उनको बुबा म्यान्मारका सैनिक थिए। एक युद्धमा उनी मारिए। श्रीमान् शहीद भएपछि हेलेनकी आमा बालबच्चासहित भारत आइन्। आर्थिक अवस्था कमजोर भएकाले एक परिचितले हेलेनलाई फिल्ममा डान्स गर्ने सल्लाह दिए। यहीँबाट हेलेनको बलिउड करिअर सुरु भयो। 

फिल्म ‘काबिल खान’ का क्रममा हेलेन र सलिमको भेट भयो। उनीहरू प्रेममा परे। सलिम विवाहित र चार सन्तानका बुबा थिए। हेलेनले आफूभन्दा २७ वर्ष जेठा निर्देशक पी एन अरोडासँग बिहे गरेकी थिइन्। उनीहरूको वैवाहिक सम्बन्ध टिक्न सकेन। उनीहरू टाढिए। त्यसैताका हेलेनको भेट सलिमसँग भयो। सम्बन्ध विच्छेदको पीडाबाट गुज्रिरहेकी हेलेनलाई सलिमले सम्हाले। दुवैबीच प्रेम पलायो। उनीहरू प्रेममा परे। 

सलिमले हेलेनसँग बिहे गर्ने निर्णय गरे। तर, परिवार उनको यस निर्णयको विरुद्ध थियो। श्रीमती र तीन छोरा सलमान, अरबाज, सोहेलविरुद्ध गएर सलिमले हेलेनसँग बिहे गरे। उनको बिहेपछि परिवारमा धेरै मनमुटाव रह्यो। लामो समयसम्म सलिम परिवारबाट टाढा रहे। ‘समयले घाउ पुर्दै जान्छ’ भने जस्तै अहिले हेलेन र सलिम आफ्नो परिवार अर्थात् सलमा र उनका छोराछोरीसँग हाँसीखुशी बस्छन्। 

प्रतिक्रिया