सिजीको डिसवासर बजारमा

राम्रो अनलाइन     २९ जेठ २०७८, शनिबार
सिजीको डिसवासर बजारमा

सिजीले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याएको छ। नेपाली उपभोक्ताहरुलाई मध्यनजर गरि सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो ।

यी डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ । आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सकिनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरु भएका हुनाले यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुनेछ । यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गरि आफ्नो भाँडाहरुलाई सफा गर्न सकिनेछ ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, विएलडिसि टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।

स्टिम वासको सहायताले कट–कटिएका भाँडाहरु, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरि हाईजिनिक राखि सफा नतिजा दिन्छ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ । यो विशेषताको कारण अब धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

वि.एल.डि.सि. टेक्नोलोजि वा हाईड्रो पावर पनि यसको विशेषता रहेको छ, जसको मद्दतले घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ । डिउल प्रो वासको मद्दतले भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ ।

त्यस्तै, अर्को जेट वास विशेषता रहेको छ । यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि भाँडाहरु थोरै छन् भने डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरि भाँडा धुन सकिनेछ । यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ ।

अब डिसवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाइनेछ ।

प्रतिक्रिया