टेक्निकल सेवाको नयाँ योजना : १ वर्ष वारेन्टी, किस्ताबन्दी सुविधा

राम्रो अनलाइन     १४ पुस २०८२, सोमबार
टेक्निकल सेवाको नयाँ योजना : १ वर्ष वारेन्टी, किस्ताबन्दी सुविधा

काठमाडौं–नेपालको पहिलो आईएसओ प्रमाणित दाबी गरिएको घरायसी उपकरण घरमै पुगेर मर्मत गर्ने संस्था ‘टेक्निकल सेवा एण्ड सोलुसन’ले आफ्नो सेवामा नयाँ मापदण्ड घोषणा गरेको छ। विगत २० वर्षदेखि सेवा दिइरहेको यस कम्पनीले अब हरेक मर्मत र स्पेयर पार्ट्समा १ वर्षको वारेन्टीका साथै किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुविधा ल्याएको हो।

बजारमा मर्मत सेवाको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला टेक्निकल सेवाले ग्राहकलाई वारेन्टी कार्डको व्यवस्था गरेको छ। ‘हाम्रो लक्ष्य भनेको न्यून नाफा तर उच्च ग्राहक सन्तुष्टि हो,’ कम्पनीकी प्रबन्ध निर्देशक लक्ष्मी सिंह भन्छिन्, ‘नेपालका हरेक घरले सुलभ र भरपर्दो सेवा पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ।’

कम्पनीले दक्ष प्राविधिकहरूमार्फत वासिङ मेसिन,  एयर कन्डिसनर, रेफ्रिजेरेटर ९फ्रिज०, टिभी, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, गिजर, आरओ सिस्टम, कम्प्युटर लगायतका मेसिन उपकरण मर्मत, जडान र सर्भिसिङ गर्दै आएको छ ।

टेक्निकल सेवाले ग्राहकको विश्वास जित्न पूर्ण पारदर्शिता अपनाएको जनाएको छ। कम्पनीको आधिकारिक वेबसाइटमा स्पेयर पार्ट्सको मूल्य सार्वजनिक गरिएको छ, जसले गर्दा ग्राहकले मर्मत अघि नै सम्भावित खर्चको जानकारी पाउँछन्। साथै, अनलाइन प्रणालीमार्फत ग्राहकले आफ्नो मेसिन मर्मतको अवस्था समेत हेर्न सक्नेछन्।

ललितपुरको कुमारीपाटीमा प्रधान कार्यालय रहेको टेक्निकल सेवा एण्ड सोलुसनले अनलाइन बुकिङ गर्दा छुट र कसैलाई सेवा सिफारिस गर्दा  पुरस्कारको समेत व्यवस्था गरिएको जनाएको छ।

प्रतिक्रिया