सुनसरी धरानकी २६ वर्षिया सरु कार्की डोली परियार सोसल मिडियामा कन्टेन्ट क्रियट गर्छिन् । उनी विभिन्न क्लब तथा लाउन्जहरूको व्यवस्थापन गर्ने कार्यमा पनि संलग्न छिन् । उनले क्लबको सेल्स एण्ड मार्केटिङ हेर्नुका साथै एवं सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्छिन् ।

सरुलाई सानैदेखि मोडलिङमा रुची थियो । उनी सोसल मिडियामा आफ्नो प्रस्तुति दिने गर्थिन् । टाइम म्यानेज गर्न नसकेका कारण उनले यस्ता प्रतियोगितामा भाग लिन भने पएकी थिइनन् । मोडल हन्ट प्रतियोगितामा भाग लिन पाएर उनी एकदमै खुशी छिन् । ग्रुमिङ क्लासका क्रममा उनले प्रोफेसनल लाइफमा काम लाग्ने धेरै विषय सिक्न सकेको बताइन् ।
‘मलाई वाक गर्न आउँदैनथ्यो, मोडलिङमा रुची भएपनि यसको बारेमा जानकारी थिएन्, सरु भन्छिन्, ‘ग्रुमिङ क्लासमा रनवे वाकदेखि आफ्नो पसर्नालिटी डेभलपमेन्टसम्मका कुरा सिक्न पएँ ।’ म सोसल मिडियाकै लागि कन्टेन्ट क्रियट गर्छु तर यसलाई अझै कसरी बेष्ट बनाउने भन्ने बारेमा पनि मोडल हन्टबाट सिक्न पाएको उनी बताउँछिन् । सेल्फ कन्फिडेन्ट बढेको छ उनी भन्छिन् ।

स्नातक गरेकी उनी भविष्यमा मोडलिङसँग आफूले सम्हाल्दै आएको पेसा गरिराख्ने बताउँछिन् । राती काम गर्ने र दिउँसो ट्रेनिङमा आउनु पर्दा उनलाई टाइम व्यवस्थापन गर्न गाह्रो परिरहेको छ । मोडलिङमा लाग्न चाहनेहरूका लागि मोडल हन्ट बेस्ट प्लेटफर्म भएको सरु बताउँछिन् ।