रहेनन काँग्रेस नेता जोशी

राम्रो अनलाइन     १३ चैत २०७७, शुक्रबार

काठमाडौँ, १३ चैत : नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।  नर्भिक अस्पतालका कार्यकारी  निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । 

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचारारत थिए ।  

पूर्व उद्योग मन्त्रीसमेत रहेका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता थिए । सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । 

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।  उनी काँग्रेसका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।
 

प्रतिक्रिया