रेनोले सार्वजनिक गर्‍यो  शुभ कार रम्भ अफर

राम्रो अनलाइन     १२ असोज २०७८, मङ्गलबार
रेनोले सार्वजनिक गर्‍यो  शुभ कार रम्भ अफर

काठमाडौं– नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो शुभ कार रम्भ अफर सार्वजनिक गरेको छ । ‘चाडपर्वको शुभ सुरुआत, गरौं रेनोको साथ’ ट्यागलाइन रहेको यो योजनामा दशैं–तिहारभरि ग्राहकले लाभ लिन सक्नेछन् ।


रेनो गाडी खरिदमा ग्राहकले नगद ३ लाखसम्मको लाभ पाउने कम्पनीले बताएको छ । योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षे निःशुल्क सडक कर, २ वर्र्षे निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टीलगायत सेवा दिइनेछ । यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विडजस्ता रेनोका सबै भेरियन्टका गाडीमा उपलब्ध हुने कम्पनीले बताएकोे छ ।

प्रतिक्रिया