राष्ट्रपतिसमक्ष शिष्टाचार भेट

राम्रो अनलाइन     ०७ भदौ २०८०, बिहिबार
राष्ट्रपतिसमक्ष शिष्टाचार भेट

 

काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानको संसद्को माथिल्लो सदनका सदस्यहरू साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यसमेत रहेका कोबायासी काजुहिरो र नागई मन्बुले आज शिष्टाचार भेट गरेका छन्। 

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया