राष्ट्रियसभामा गण्डकीबाट सत्तारुढ गठबन्धनका तीन जना उम्मेदवार विजयी 

राम्रो अनलाइन     ११ माघ २०८०, बिहिबार
राष्ट्रियसभामा गण्डकीबाट सत्तारुढ गठबन्धनका तीन जना उम्मेदवार विजयी 

 पोखरा – राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । 

कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता–अल्पसंख्यक तर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वतकी मनरुपा शर्मा निर्वाचित भएका हुन् । किरणबाबु श्रेष्ठले ३ हजार ८०८, मनरुपा शर्माले ३ हजार ६६० र पदमबहादुर परियारले ३ हजार ७७९ मतभार पाएका छन्।


 

प्रतिक्रिया