राष्ट्रियसभा अध्यक्ष निर्वाचनः उम्मेदवार शर्माको प्रस्ताव अस्वीकृत

राम्रो अनलाइन     २९ फागुन २०८०, मङ्गलबार
राष्ट्रियसभा अध्यक्ष निर्वाचनः उम्मेदवार शर्माको प्रस्ताव अस्वीकृत

काठमाडौँ–  राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवार रहेका नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ ।

उक्त प्रस्तावमा भएको मतदानमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत प्राप्त भएको बैठकको अध्यक्षता गरिरहेका सभाका उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराइन्। सो प्रस्तावमा ५६ सदस्यले मतदान गरेका थिए ।
 

प्रतिक्रिया