पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

राम्रो अनलाइन     २१ वैशाख २०७८, मङ्गलबार
पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

काठमाडौं, २१ वैशाख : प्लाज्मा थेरापी विधिबाट नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी शाहको अवस्थामा पनि सुधार आएको छ । गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो । अहिले पनि उनको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । 
 अस्पतालका अनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । भारतको हरिद्वारमा भएको कुम्भमेलाबाट फर्किएपछि पूर्वराजारानीलाई सङ्क्रमण भएको थियो । 
 

प्रतिक्रिया