झापाकी पूजासिंह राजपुत स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनलाई खाना पकाउन र पुस्तक पढन मन पर्छ । दुई वर्षअघि नै मोडल हन्टको बारेमा जानकारी पाएकी उनी त्यति बेला नै यो प्रतियोगितामा आउन चाहन्थिन् । तर कन्फिडेन्ट नभएका कारण नआएको बताइन् । अघिल्लो वर्ष एस अफ मोडल प्रतियोगितामा भाग लिएपछि मोडल हन्ट प्रतियोगितामा भाग लिनका लागि आत्मविश्वास बढेको पूजा बताउँछिन् ।

यो प्रतियोगिता उनका लागि निकै उपयोगी भएको छ । फिजिकल फिटनेसको क्लासबाट उनले आफूलाई कसरी फिट राख्ने भन्ने बारेमा जानकारी हासिल गरेकी छिन् । वाक, कम्युनिकेशन स्किल, आफूलाई कुन पोष्चरबाट राम्रो देखिन्छ आदिका बारेमा बारेमा ग्रुमिङ क्लासबाट जानकारी हासिल गरेको उनले बताइन् ।

उनी सन् २०२० देखि नै मोडलिङ क्षेत्रमा छिन् । उनलाई उनको ममी र बहिनी सर्पोट रहेको छ । पहिला बाबाले सर्पोट गर्नु हुँदैनथ्यो । तर अहिले उहाँ निकै खुशी हुनुहुन्छ । यो क्षेत्रमा लाग्न प्रेरित गरिरहनु भएको छ । ‘म यो प्रतियोगितामा जित्नमात्र आएको होइन । केही सिक्न आएको हो, उनी भन्छिन्, ‘म आफूलाई अझै ग्रो गर्दै अगाडि बढाउन चाहन्छु ।’ म आफूले आफैँसँग प्रतिस्पर्धा गर्छु । आजभन्दा भोलि अझै बेष्ट हुँदै मोडलिङमा करिअर बनाउँछु । सविता कार्की उनको रोलमोडल हुन् । सविताको वाक पूजालाई असाध्यै मन पर्छ ।

यस अघि उनी मिस कल्चर झापाको वीनर भएकी थिइन् । त्यसपछि केही इभेन्टहरूमा असिस्टेन्ट कोरियोग्राफर भएर पनि काम गरेकी थिइन् । एस अफ मोडल प्रतियोगिताको उनी टाइटल होल्डर हुन् ।

