प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

राम्रो अनलाइन     २७ चैत २०८०, मङ्गलबार
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित


काठमाडौं– प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। नेपाली काँग्रेसको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए। बैठक सुरु हुनासाथ काँग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारबाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने माग दोहोराउँदै आफ्नो माग पूरा नभएसम्म संसद अगाडि बढाउन नदिने बताएको थियो।

प्रतिक्रिया