प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा मंगलबार सुनुवाइ नहुने

राम्रो अनलाइन     २७ माघ २०७७, मङ्गलबार

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा मंगलबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको हो ।

पाण्डेको सोमबार काठमाडौंमा निधन भएको थियो। सर्वोच्चका पूर्वन्यायाधीश र प्रधानन्यायाधीशको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न एक दिन इजलास रोक्ने प्रचलन छ। 

यसैबीच, प्रतिनिधिसभा विघटन विवादमा परेका रिटको सुनुवाइ बुधबारका लागि सरेको छ।  सोमबारको बहसमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै जनताबाट निर्वाचित प्रधानमन्त्री भएका कारण सार्वभौम अधिकार स्वतः प्रधानमन्त्रीमा रहने जिकिर गरेका छन्।

प्रतिक्रिया